खेलकुद

गल्फर टाइगर उड्सकाे सम्पत्ति १ विलियन डलर बढी

इकागज |
जेठ २८, २०७९ शनिबार १६:३९ बजे

काठमाडौँ – अमेरिकी व्यावसायिक गल्फर टाइगर उड्स १ विलियन डलरभन्दा बढी सम्पत्ति भएका खेलाडी बनेका छन् । उनले विलियन डलर क्लबमा बास्केटबल खेलाडीहरु माइकल जोर्डन र लेब्रोन जेम्ससँगै सामेल भएको फोर्ब्स पत्रिकाले जनाएको छ । 

कार दुर्घटनामा झन्डै दाहिने खुट्टा गुमाएका टाइगरले १५ पटक मास्टर्स गल्फको उपाधि जितेका छन् र उनी दुर्घटनाको महिनौपछि अप्रिल १४ मा गल्फमा फर्किए । फोर्ब्सका अनुसार पुरस्कार राशी, विज्ञापन (इन्डोर्समेन्ट) र व्यवसायबाट टाइगरले १.७ विलियन डलर भन्दा बढी कमाएका छन् । 


फोर्ब्सले जनाए अनुसार उनको सम्पत्तिको १० प्रतिशतमात्र गल्फको पुरस्कारबाट आएको हो बाँकी सम्पत्ति नाइक र रोलेक्स जस्ता ब्रान्डको इन्डोर्समेन्टबाट आएको हो । 

६ पटकका एनबीए च्याम्पियन जोर्डन १ विलियन डलर क्लबमा पुग्ने पहिलो खेलाडी हुन् । गत हप्ता मात्र चार पटकका एनबीए च्याम्पियन लेब्रोन जेम्स उक्त क्लबमा सामेल भएका थिए । लेब्रोनको सम्पत्ति १ विलियन अमेरिकी डलर रहेको छ । 
 


Author

थप समाचार
x