रुसी मेदभेदेभ बने विश्व नम्बर १ खेलाडी, विम्बल्डन भने खेल्न नपाउने
काठमाडौँ – रुसी टेनिस खेलाडी डानिल मेदभेदेभ विश्व नम्बर १ खेलाडी बनेका छन् । सर्वियाका नोभाक जोकोभिचलाई पछि पार्दै मेदभेदेभ विश्व नम्बर एक खेलाडी बनेका हुन् ।
कोभिड खोपका कारण अष्ट्रेलियन ओपन गुमाएका तथा फ्रेन्च ओपनको क्वार्टरफाइनलमा पराजय भोगेका जोकाभिच भने तेस्रो स्थानमा झरेका छन् । यता घाइते भएका अलेक्जेन्डर भेरेभ दोस्रो स्थानमा उक्लिएका छन् ।
मेदभेदेभ वरीयताको शीर्ष स्थानमा उक्लिएपनि उनी वेलायतमा हुने विम्बल्डन टेनिस प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका छन् । रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण रुसी र बेलारुसका खेलाडीहरुले विम्बल्डनमा सहभागिता जनाउन पाउनेछैनन् ।
सन् २००३ पछि पहिलो पटक जोकोभिच, राफायल नाडाल, रोजर फेडेरर वा एन्डी मरेमध्ये शीर्ष दुईमा नभएको यो पहिलो पटक हो । १८ वर्षमा जोकोभिच, नाडाल र मरेबाहेक अन्य खेलाडी शीर्ष वरीयतामा अन्य खेलाडी पुगेको यो पहिलो घटना हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया