खेलकुद

एसिया यु–१२ टिम टेनिस प्रतियोगितामा नेपाली दुवै टिम पराजित

इकागज |
जेठ ३०, २०७९ सोमबार १७:५६ बजे

काठमाडौँ - आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) अन्तर्गत सोमबार भएको खेलमा नेपाल पराजित भएको छ । नेपालका ब्वाइज र गर्ल्स दुबै टोली पराजित भएको हो । 

ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गरेको थियो ।  सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।


नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गर्ल्समा माल्दिभ्सले नेपाललाई २–१ ले निराश  पार्‍यो । पहिलो सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् । अर्कोमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६ र ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । निर्णायक डबल्समा निशान र अलीको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउदै जित सुनिश्चित गरे ।
अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३–० ले हराए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ । पाकिस्तान बाहेक सबैले समान ३–३ ब्वाइज रगल्र्स खेलाडीलाई सहभागी गराएका छन् । पाकिस्तानबाट भने ३ ब्वाइज खेलाडी मात्र सहभागी छन् ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गरेको हो । ब्वाइज÷गल्र्समा पहिलो र दोश्रो हुने राष्ट्रले काजाकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् । (राखेप)
 


Author

थप समाचार
x