खेलकुद

बंगलादेश जाने रग्बी टिमको बिदाइ

इकागज |
असार ३, २०७९ शुक्रबार १५:१४ बजे

काठमाडौँ - बंगबन्धु बंगलादेश-नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज खेल्न जाने नेपाली पुरुष टिमको शुक्रबार बिदाइ गरिएको छ । सिरिज बंगलादेशको ढाकामा जुन २१ र २२ तारिखमा आयोजना हुनेछ । नेपाली टोली शनिबार ढाका प्रस्थान गर्नेछ । नेपालले बंगलादेशविरुद्ध दुई सेभेन 'ए' साइड र एक १५ 'ए' साइड खेल खेल्नेछ ।

नेपाल रग्बी संघले शुक्रबार २५ सदस्यीय नेपाली टोलीलाई बिदाइ गर्‍यो । टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवहाक अध्यक्ष दीपक देवकोटासहितले विदाई गरे । 


सिरिजका लागि संघले २२ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टिमः -
सुरज चौधरी, शेर बहादुर वली, बिक्रम भारती, रोशन घर्ति, निरोज कार्की, बिक्रम पुरी, नविन महर्जन, श्रीराम श्रेष्ठ, विराट श्रेष्ठ, विवेक बासु, सन्जिब कुँवर, प्रेम बहादुर कोइराला, रमित बहादुर मल्ल, यदु अधिकारी,अमर सिंह श्रेष्ठ,  कृष्ण क्षेत्री, सुमन चौलागाई, पुजन फेवाली, जुकेन्द्र राई, राम किशोर चौधरी, सुजन कुमाल, हुतराज प्रधान ।

प्रशिक्षकमा राज टंक गिरी, व्यवस्थापकमा गोपाल क्षेत्री तथा फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् ।
 


Author

थप समाचार
x