खेलकुद

ओलम्पियनहरुको पुनर्मिलन हुने

इकागज |
असार ३, २०७९ शुक्रबार १५:२४ बजे

काठमाडौँ - नेपाल ओलम्पियन संघले ‘ओलम्पिक डे’ का अवसरमा असार ७ गते ओलम्पियन पुनर्मिलन कार्यक्रम गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले ओलम्पियनहरुको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो ।

नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाउन थालेको हो । संघले सो बेला देखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो । 


ओलम्पियनहरु आआफ्नो कार्य व्यस्तताका कारण एकै ठाउँमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए । 

बिष्टले विदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागि गराउन प्रत्यक्ष प्रशारण मार्फत समेट्ने प्रयास रहेको बताए । सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन बिशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए ।

संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ । जसमा २०७९ असार ५ गते ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबीच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तर्गत विभिन्न विद्यालका बिद्यार्थी र ओलम्पियनबीच अन्तरकृया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्र रहेको छ । (राखेप)
 


Author

थप समाचार
x