खेलकुद

रुसले नेपालको खेलकुद विकासमा सहयोग गर्ने

इकागज |
असार ३, २०७९ शुक्रबार १९:२९ बजे

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले रुसले नेपाली खेलकुद विकासका लागि सहयोग गर्ने बताएका छन् । रुसबाट फर्किएपछि मन्त्री गहतराजले नेपाली खेलाडीलाई रुसमा अभ्यास तथा तालिमको अवसरको बारेमा रुस सरकारसँग सम्झौता भएको बताए ।

यसका साथै नेपाली बक्सिङ खेलाडीलाई रुसमा हुने प्रतियोगितामा सहभागी गराउने, दुवै देशका खेलाडीहरुलाई हिमाली क्षेत्रमा म्याराथन प्रतियोगितामा सहभागी गराउने, बक्सिङसँगै अन्य मार्सल आर्टसका प्रशिक्षकहरुको अनुभव आदान प्रदान गर्ने जस्ता विषयमा सम्झौता भएको हो ।


साथै नेपाली खेलाडी विद्यार्थीहरुलाई रुसमा खेलकुद विज्ञान अध्ययनको अवसर उपलब्ध गराउने विषयमा पनि सहमति भएको बताइएको छ ।


Author

थप समाचार
x