नेपालले दियो कुवेतलाई १ सय ८ रनको लक्ष्य
काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गत नेपालले कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन जोड्यो ।
नेपालका लागि कप्तान रुविना क्षेत्रीले अविजित ३४ तथा इन्दु बर्माले अविजित २८ रनको योगदान गरे । ज्योति पाण्डेले १५, विन्दु रावलले ११ तथा सिता रानामगर र काजल श्रेष्ठले समान ५ रन जोडे ।
कुवेतका लागि मारियमा हैदरले २ तथा मरयम ओमार तथा खादिजा खलिलले १-१ विकेट लिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया