ख्वप किंग्स फुटबल एकेडेमीलाई इको प्यानलको सहयोग
भक्तपुर - ख्वप किंग्स फुटबल एकेडेमीलाई नेपाल इको प्यालले सहयोग गरेको छ । इको प्यानलले प्रशिक्षणका लागि चाहिने खेलकुद सामग्री तथा प्रतियोगिताहरूमा सहभागी हुन लाग्ने खर्च सहयोग गर्दै प्रतिबद्धता जनाएको हो ।
ख्वप किंग्स एकेडेमीले तीन वर्षदेखि भक्तपुरको सहिद स्मृति खेल मैदानमा ६ देखि १३ वर्षसम्मका स-साना बाबुनानीलाई साताको दुई पटक शनिबार र मंगलबार बिहान नियमित रुपमा फुटबल प्रशिक्षण गराउँदै आएको छ ।
एकेडेमीले हालसालै बाँसबारी क्लबद्वारा आयोजित काठमाडौँ उपत्यकाव्यापी अन्डर-१३ उमेर समूहको फुटबल प्रतियोगितमा प्रथम स्थान हासिल गरेको थियो । दुई महिना अगाडि गोरखामा भएको अन्डर-१३ सेभेन ए साइड राष्ट्रव्यापी फुटबल प्रतियोगितामा पनि ख्वप किंग्स सहभागी भएको थियो ।
ख्वप किंग्सका निर्देशक तथा प्रशिक्षक धनेश्वर प्रजापति मनांङ मर्स्याङ्दी एक डिभिजन फुटबल क्लब, आरसी-३२ फुटबल एकेडेमी सी डिभिजन क्लबमा प्रशिक्षकका रूपमा अनुभवी हुन् । उनी एएफसी बी लाइसेन्स प्राप्त प्रशिक्षक हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया