खेलकुद

बेलायती जिमनास्टहरूमाथि दुर्व्यवहार : खाना र पानी पनि उपलब्ध गराइएन

इकागज |
असार ४, २०७९ शनिबार १७:११ बजे

सांकेतिक तस्बिर

काठमाडौँ - ब्रिटिस (बेलायती) जिमनास्टिक्सले आर्थिक वृद्धि र पदकलाई प्राथमिकता दिएका कारण कम उमेरका जिमनास्टहरूमाथि भएको दुर्व्यवहारको गुनासाहरूलाई वर्षौंसम्म सम्बोधन गर्न असफल भएको खुलासा भएको छ । 

एक स्वतन्त्र अनुसन्धानकर्ताको प्रतिवेदन ‘ह्वाइट रिभ्यू’ का अनुसार प्रशिक्षकले खेलाडीहरूमाथि भावनात्मक तथा शारीरिक दुर्व्यवहार गरेका थिए । दुई वर्ष लामो अनुसन्धानपछि उक्त कुराको खुलासा भएको युरोन्यूजले उल्लेख गरेको छ । चार सय जिमनास्टहरूले गुनासो दर्ता गराएका थिए ।


उक्त गुनासाेमा खासगरी युवा महिला जिमनास्टहरूलाई धम्की दिने, खतरापूर्वकरुपमा तौल व्यवस्‍थापन तथा अनावश्यक शारीरिक बल प्रयोग गरिएको साथै केही महिला जिमनास्टहरूमाथि यौन दुर्व्यवहार समेत भएको उल्लेख गरिएको छ । 

सन् २०२० मा प्रख्यात जिमनास्टहरूले दुर्व्यवहारको बारेमा सार्वजनिकरुपमै कुरा राखेपछि अनुसन्धान गरिएको थियो । अनुसन्धानकर्ता एन्‍ने ह्वाइटले ३ सय ६ पृष्ट लामो प्रतिवेदनमा बेलायती जिमनास्टिक्स संघले खेलाडीको कल्याणलाई केन्द्रमा नराखेको र यो अवस्था अझैसम्म कायम रहेको निष्कर्ष निकालेको बताइन् ।

युके स्पोर्टस र स्पोर्टस इंग्ल्यान्डको सहयोगमा गरिएको अनुसन्धानले ब्रिटिस जिमनास्टिक्सका पूर्व प्रमुख कार्यकारी जेन एलेनमा नेतृत्व अभाव र संगठनात्मक विफलताका लागि दोषी ठहर गरिएको छ । प्रतिवेदनमा १० वर्षको जागिरपछि २०२० मा रिटायर भएका एलेनले सदस्यता र वित्तीय वृद्धिलाई प्राथमिकता दिने संस्कृतिलाई बढावा दिएको उल्लेख छ ।

ब्रिटिस जिमनास्टिक्सले उक्त प्रतिवेदनको छानबिन र दिएको सुझावलाई स्वीकार गरेको जनाएको छ । 
 


Author

थप समाचार
x