खेलकुद

बिजेनले जिते मास्टर्स ट्रायथलनको उपाधि

इकागज |
असार ४, २०७९ शनिबार १७:३४ बजे

काठमाडौँ - नेपाल ट्रायथलन संघले ‘ओलम्पिक डे’ का अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्रायथलनको व्यक्तिगततर्फको उपाधि बिजेन श्रेष्ठले जितेका छन् । 

भक्तपुरको जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोश्रो स्थानमा बिशाल केसी र तेश्रो स्थानमा अमग्य श्रेष्ठ रहे । ट्रयथलन संघसँग आवद्ध व्यक्तिहरुबीच भएको प्रतियोगितामा १०० मिटर पौडी, ३.५ किलोमिटर साईक्लिङ्ग र १ किमि दौड रहेको थियो ।


प्रतियोगिताको रिलेतर्फअभिनाष श्रेष्ठ, अभिषेक शाक्य र ईजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पार्‍यो । दोश्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेश्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापति र निशा श्रेष्ठको जोडी रहे ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल ट्रायथलन संघका उपाध्यक्ष धीरज प्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा करिव १०० जनाको सहभागिता रहेको थियो ।
 


Author

थप समाचार
x