खेलकुद

पोखरामा हेमजा गोल्डकप सुरु, आयाेजककाे विजयी सुरुवात

इकागज |
असार ४, २०७९ शनिबार १७:३९ बजे

पाेखरा- पोखरामा शनिबारदेखि छैटौं हेमजा गोल्डकप सुरु भएको छ । हेमजा युनाइटेड क्लबको आयोजनामा पोखरा महानगरपालिका २५ हेम्जामा सुरु भएकाे प्रतियोगिताकाे महानगरका मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

शनिबार भएकाे उदघाटन खेलमा हेमजा यूनाइटेडले वीरगञ्ज युनाइटेडलाई ३-१ गाेल अन्तरले पराजित गर्याे । हेमजाका लागि सुमन अर्यालले २ र कमल थापा मगरले १ गाेल गरे भने वीरगंजका लागि कृप चाैधरीले एक गाेल फर्काए । खेलकाे ११ अाैं मिनेटमा सुमन अर्यालकाे गाेलबाट अग्रता लिएकाे हेमजाले ३६ अाैं मिनेटमा कमल थापा मगरकाे गाेलबाट अग्रता दाेब्बर बनाएकाे हाे ।


दाेस्राे हाफ सुरु भएकाे ३ मिनेट मै सुमन अर्यालले गाेल गर्दै हेमजालाई अगाडि बढाए । वीरगंजका लागि खेलकाे ८८ अाैं मिनेटमा कृप चाैधरीले सान्त्वना गाेल फर्काए । खेलमा हेमजाका सुमन अर्याल म्यान अफ दि म्याच भए । पाेखरा २५ हेमजाकाे गाैरी शंकर खेलमैदानमा सुरु भएकाे ‘छैटौं नेपाल आइस अन्तरराष्ट्रिय हेमजा गोल्डकप–२०७९’ असार ११ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा विभागीय क्लब एपीएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, खुमलटार, कालिका स्पोर्ट्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक हेम्जा युनाइटेडको सहभागिता रहने भएको कुवँरले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०/२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी सञ्चालनार्थ प्रतियोगिता आयोजना गरेकाे हाे ।


Author

थप समाचार
x