कल्याणराज पाण्डे जुनियर टेबलटेनिस हुने
काठमाडौँ – पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी कल्याणराज पाण्डे र अखिल नेपाल टेबलटेनिस संघबीच टेबलटेनिस प्रतियोगिता गर्ने सम्बन्धमा सम्झौता भएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनका क्रममा पाण्डे र संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगिता आयोजनाका लागि सम्झौता गरेको हो ।
सम्झौता अनुसार संघले प्रत्येक वर्ष भदौमा कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबलटेनिस च्याम्पियनसीप आयोजना गर्नुपर्नेछ । यस वर्ष हुने प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छ ।
सम्झौता अनुसार प्रतियोगिता आयोजनाका लागि कल्याणराजको परिवारले संघलाई ६ लाख रुपैंया प्रदान गर्नेछ । र उक्त रकम फाइनान्स कम्पनीमा मुद्दति खातामा जम्मा गरिनेछ । त्यसबाट प्रत्येक वर्ष अनुमानित ब्याज ७० हजार रुपैंया आउने र सोही रकमबाट रकमबाट प्रत्येक वर्ष प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।
यस वर्ष ब्याज प्राप्त नहुने हुँदा पाण्डेको परिवारले प्रतियोगिताका लागि ७० हजार रुपैंया नगद प्रदान गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया