एन्फा अध्यक्षमा पन्कजविक्रम नेम्वाङ विजयी
काठमाडौँ - अखिल नेपाल फूटबल संघ (एन्फा) अध्यक्षमा पन्कजविक्रम नेम्वाङ विजयी भएका छन् । वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् ।
नेम्वाङले ४५ प्राप्त गरे । शेर्पाले ३९ मत पाए । एन्फा निर्वाचनमा कूल ८४ मत खसेको थियो ।
अर्का उम्मेदवार राजिव पाैडेलले कुनै पनि मत पाएनन् ।
वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खडकाले ४४ मत तथा शिक्षित पराजुलीले ४० मत प्राप्त गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया