राखेपले गठन गर्यो खेलकुद विश्वविद्यालय कार्यदल
काठमाडौँ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद विश्वविद्यालय सम्बन्धी कार्यदल गठन गरेको छ । खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनु पर्ने आवश्यकतालाई मध्यनजर गरी कार्यदल गठन गरिएको राखेपले जनाएको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो ।
कार्यदलका सदस्यहरुमा गीता क्षेत्री राणा, युवराज लामा, रमेशराज पन्त, ओमकृष्ण प्रसाईं, डा. शुभेन्दु गुप्ता, रवि राजकर्णिकर, सूर्यबहादुर अधिकारी, नीलेन्द्रराज श्रेष्ठ, सुमन डिसी, सुजिना गुरुङ, डा. अचुतम लामिछाने र हरिहर श्रेष्ठ रहेका छन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उनीहरुलाई मंगलबार पत्र हस्तान्तरण गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया