पार्टीले चाहेमा कुनै पनि बेला मन्त्री परिवर्तन हुन सक्ने : मन्त्री गहतराज
फाइल तस्बिर
काठमाडौँ- युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले पार्टीले चाहेमा कुनै पनि बेला मन्त्री परिवर्तन हुन सक्ने बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गहतराजले यस्तो बताएका हुन् । उनले मन्त्री परिवर्तन गर्ने पार्टीहरूको अधिकारको कुरा भएको उल्लेख गर्दै सम्बन्धित पार्टीले चाहेमा कुनै पनि बेला मन्त्री परिवर्तन हुन सक्ने जिकिर गरे ।
गहतराजले आगामी प्रदेश र संघीय निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने उल्लेख गरेका छन् । उनले गठबन्धनलाई भाड्ने चलखेल भइरहेको पनि दाबी गरे । गठबन्धनलाई बचाउन र अहिलेको प्रणालीलाई बचाउनका लागि पनि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने उनले भनाइ छ ।
उनले भने, 'समग्र गठबन्धनलाई भत्काउने ढंगले, यसलाई भाड्ने ढंगले जुन खालका चलखेल भइरहेका छन् । निर्वाचनको समय पनि आइसकेको छ । अब निर्वाचनमा जाने बेला भइसक्यो त्यसको निर्णय त उपयुक्त समयमा मन्त्रिपरिषद्ले गर्छ । गठबन्धनलाई भाड्ने चलखेल भइरहेका छन् । गठबन्धनलाई बचाउने, अहिलेको प्रणालीलाई बचाउने, निर्वाचन प्रक्रियालाई खलबल गराउने खालको चलखेल हुन खोज्दैछ । त्यसलाई चिर्नका लागि निर्वाचनको मिति छिटो तोक्नु उपयुक्त हुने ।'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया