पहिलो एकदिवसीयमा पाकिस्तान विजयी, बाबरको शतक
काठमाडौँ : कप्तान बाबर अजामले शतक बनाएपछि दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ । सेन्चुरिएनमा अफ्रिकाले दिएको २७४ रनको मध्यम लक्ष्य पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर भेट्टायो । अन्तिम ओभरमा जितका लागि तीन रन चाहिएकोमा पाकिस्तानले अन्तिम दुई बलमा जित सुनिश्चित गरेको थियो ।
पाकिस्तानलाई जिताउन कप्तान बाबर अजामले १०३ रनको शतकीय पारी खेले । १०४ बल खेलेका आजामले १७ चौकाको मद्दतमा शतक बनाएका हुन् । यस्तै इमाम उल हकले ७० रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका एनरिक नोट्जेले ४ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७३ रन बनाएको थियो । उसका लागि रसी भानडेर डुसेनले शतक बनाए । उनले १२३ रनको शतकीय पारी खेल्दा डेभिड मिलरले ५० रन बनाए ।
पाकिस्तानका शहिन अफ्रिदी र ह्यारिस रउफले समान दुई दुई विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया