खेलकुद

लिभरपुल र म्यानचेस्टर सिटीको शानदार जित

इकागज |
चैत २२, २०७७ आइतवार ६:१३ बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएको छ । शनिबार राती भएको खेलमा आर्सनललाई ३-० गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।

लिभरपुललाई जिताउन डियगो जोटाले दुई तथा मोहम्मद सलाहले एक गोल गरे । जितपछि लिभरपुल ३० खेलबाट ४९ अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ । आर्सनल भने ४२ अंकसहित नवौ स्थानमा छ ।


यस्तै प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोलले हराएको छ । सिटीलाई जिताउन बेन्जामिन मेन्डी र गाब्रियल जिससले गोल गरे । जितपछि शीर्ष स्थानको सिटी ३१ खेलबाट ७४ अंक बनाएको छ ।

सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग १७ अंकको अग्रता लिएको छ । 
 


Author

थप समाचार
x