खेलकुद

३४ वर्षपछि रियल सोसिडाडले जित्यो कोपा उपाधि

इकागज |
चैत २२, २०७७ आइतबार ६:२९ बजे

काठमाडौँ : रियल सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे उपाधि जितेको छ । शनिबार राती भएको फाइनलमा एथ्लेटिको बिल्बाओलाई १-० गोलले हराउँदै सोसिडाडले ३४ वर्षपछि स्पेनिस कोपा डेल रे फुटबलको उपाधि उचालेको हो । सोसिडाडलाई उपाधि जिताउन माइकेल ओयार्जाबालले निर्णायक गोल गरे । उनले खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

यो गएको वर्षकै फाइनल खेल हो । कोभिड १९ का कारण रोकिएको फाइनल खेल शनिबार राती खेलाइएको हो । यसअघि सोसिडाडले सन् १९८७ मा कोपा उपाधि जितेको थियो । यो सिजनको उपाधिका लागि अप्रिल १७ मा एथ्लेटिको बिल्बाओलो र बार्सिलोनाबीच प्रतिष्पर्धा हुनेछ । 



 


Author

थप समाचार
x