खेलकुद

पीएसजीलाई हराउँदै लिल शीर्ष स्थानमा, नेयमारलाई रेर्ड कार्ड !

इकागज |
चैत २२, २०७७ आइतबार ६:५८ बजे

काठमाडौँ : साविक विजेता पीएसजीलाई हराउँदै लिले फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा लिलेले पीएसजीलाई १-० गोलले हराएको हो । लिललाई जिताउन जोनाथन डेभिडले २० औँ मिनेटमा गरेको एक मात्रै गोल निर्णायक बन्यो ।

पीएसजीका मुख्य स्ट्राइकर नेयमारलाई रेर्ड कार्ड दिइएको थियो । लिलका खेलाडीलाई धकेलेपछि उनलाई दुई पहेलो कार्डपछि रेर्ड कार्ड दिइएको हो । यस्तै लिलकै टियागो डिजालोलाई पनि रेर्ड कार्ड दिइएको थियो । 



Author

थप समाचार
x