आज विश्व खेलकुद पत्रकार दिवस, के छ यसको महत्व ?
काठमाडौँ - आज जुलाई २ अर्थात विश्व खेलकुद पत्रकार दिवस । विश्वभर यस विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिएको छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।
सन् १९२४ जुलाई २ मा स्थापना भएको इन्टरनेसनल स्पोर्टस एसोसिएसन (एआईपीएस) को वार्षिकोत्सवको रुपमा समेत रहेको छ । एआईपीएसको मुख्यालय स्विट्जरल्याण्डमा रहेको छ । सन् १९९४ मा एआईपीएसले आफ्नो स्थापनाको वार्षिकोत्सव मनाउनको लागि विश्व खेलकुद पत्रकार दिवस सुरु गरेको हो ।
विश्व खेलकुद पत्रकार दिवसको उद्देश्य भनेको खेलकुद पत्रकारहरूको कामलाई प्रवर्द्धन गर्नु र उनीहरूले समाजमा खेल्ने महत्त्वपूर्ण भूमिकाको बारेमा जानकारी प्रदान गर्नु हो ।
खेलकुद पत्रकारहरूले खेलकुद घटनाहरूको बारेमा सही र छिटो जानकारी प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।
यसैबीच एआईपीएसका अध्यक्ष जियानी मेर्लोले आजको दिन निकै महत्वपूर्ण रहेको बताए । उनले यस वर्ष खेलकुद पत्रकार दिवसको अवसरमा शान्तिको सन्देश प्रवाह गर्ने तथा शान्तिलाई रक्षा गर्नका लागि लड्नु पर्ने अवस्था आएको बताए ।
मेर्लोले खेलकुद पत्रकारको स्वतन्त्रता तथा मानव अधिकारका लागि लड्नु पर्ने समेत सन्देश दिए । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया