टेनिसका प्रदिप र भलिबलकी अरुणा पाेखरा स्पाेर्टस् अवार्डमा उत्कृष्ट
पाेखरा- टेनिसका प्रदिप खड्का र भलिबलकी अरुणा शाहीले 'छैटाैं पाेखरा स्पोर्टस् अवार्ड २०७६' को उत्कृष्ट पुरुष र महिला खेलाडीको अवार्ड जित्न सफल भएका छन् ।
नेपाल खेलकुद मञ्च गण्डकीले हरेक वर्ष प्रदान गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डको छैटौँ संस्करणको उक्त अवार्ड महिला भलिबलकी कप्तान शाहीले दोस्रो पटक र खड्काले पहिलाे पटक प्राप्त गरकी हुन् । खड्का र शाहीले इलेक्ट्रिक स्कुटर र ट्रफी प्राप्त गरेका छन् ।
पुरुषतर्फ खड्कासँगै ब्याडमिन्टनका विधान अधिकारी र कँरातेका बुद्ध लामा उत्कृष्ट ३ को मनोनयनमा परेका थिए । यस्तै महिलातर्फ शाहीसँगै क्रिकेटकी मनिषा उपाध्याय र कँरातेकी सरगम कुमाल मनोनयनमा परेका थिए ।
यस्तै उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा टेनिसकै निरज थापाले अवार्ड हात पारे । उत्कृष्ट खेल संघतर्फ तेक्वान्दाे संघ र खेल पत्रकारकाे पुरस्कार दीपक परियारलाई प्रदान गरियाे ।
उनीहरूले जनही नगद ३५ हजार रूपैयाँसहित साथमा ट्रफी प्राप्त गरे । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्डबाट गणेशबहादुर भट्टराई सम्मानित भए । उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएकाे थियाे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया