खेलकुद

उपाधिभन्दा खुसी ठूलो : नाडाल

इकागज |
असार २४, २०७९ शुक्रबार १०:३४ बजे

काठमाडौँ- पेटको समस्याका कारण विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने घोषणा गरेका राफायल नाडालले उपाधिभन्दा आफ्नो खुसी ठूलो भएको प्रतिक्रिया दिएका छन् । 

३६ वर्षीय स्पेनिस खेलाडी नाडालले बुधबार टेलर फ्रिजविरुद्धको क्‍वार्टरफाइनल खेलका क्रममा उपचार गराएपछि ५ सेटमा सम्पन्‍न खेल जितेका थिए । तर स्वास्थ्य अवस्थामा झन खराब हुने भएपछि नाडालले निक किर्गियोगसविरुद्धको सेमिफाइनल खेल छाडेका हुन् ।


२२ पटकका ग्रान्ड स्लाम विजेता नाडालले यसै वर्ष अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । 

तर दुई पटकका विम्बल्डन च्याम्पियन नाडालले उपाधि जित्नेभन्दा पनि खुसी हुनु सबैभन्दा महत्वपूर्ण रहेको बताए । उनले एउटा वा दुई खेल खेलेर दुई वा तीन महिना कोर्ट बाहिर रहन नचाहेको प्रष्ट पारे । 

फाइनलमा स्थान बनाएका किर्गियोसले अब नोभाक जोकोभिच र क्यामेरोन नोरीबीच हुने सेमिफाइनल विजेतासँग खेल्नेछन् ।
 


Author

थप समाचार
x