कोहलीलाई टेष्ट टिमबाट हटाउन सक्नुपर्छः कपिल देव
काठमाडौँ – भारतका पूर्व कप्तान कपिल देवले भारतको टेष्ट टिमबाट रविचन्द्रन आश्विनलाई हटाउन मिल्ने भए विराट कोहलीलाई पनि हटाउन सकिने बताएका छन् ।
सन् २०१९ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्न नसकेका कोहलीलाई पनि टेष्ट क्रिकेट टिमबाट हटाउन सकिने देवको धारणा रहेको प्रोकेरलाले उल्लेख गरेको छ ।
सन् १९८३ मा भारतलाई विश्वकपको उपाधि दिलाएका अलराउन्डर देवले आश्विनलाई टिमबाट हटाउन मिल्ने भए कोहलीलाई पनि हटाउन मिल्ने बताए ।
भारतीय टिममा दिपक हुड्डा, सुर्यकुमार यादव, रिषभ पन्त र श्रेयस ऐयर जस्ता खेलाडीको आगमनसँगै कोहलीका लागि प्लेइङ-११ मा स्थान बनाउन चुनौतिपूर्ण बन्दै गएको छ ।
अझ टी-ट्वान्टी विश्वकप नजिकिदै गर्दा कोहलीका लागि टिममा स्थान बनाउन चुनौतिपूर्ण हुनेछ । ‘अवस्था यस्तो आएको छ कि कोहलीलाई बेन्चमा राख्नुपर्नेछ । अझ टी-ट्वान्टीमा स्थान बनाउन उनले राम्रो प्रदर्शन गर्नुपर्छ,’ देवले थपे ।
देवका अनुसार कोहली उत्कृष्ट ब्याट्सम्यान भएपनि उनले पछिल्लो समयमा प्रदर्शन गर्न नसकेको तथा प्रदर्शन गर्न नसक्ने खेलाडीलाई टिममा राख्नुको अर्थ नरहने उनको तर्क रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया