जुडो छनोटः राजन जोशीलाई स्वर्ण
काठमाडौँ – १९ औँ एसियन गेम्सको जुडो अन्तर्गतको दोस्रो चरणको छनोटमा नेपाल पुलिस क्लबका राजन जोशीले स्वर्ण जितेका छन् । आइतबार भएको १०० केजीमाथितर्फ राजनले प्रणितजंग सिंह ठकूरीलाई पराजिध गर्दै स्वर्ण जितेका हुन् ।
यसैगरी, ८१ केजीमुनीतर्फ पुलिसकै मधु रोका मगरले स्वर्ण जित्दा त्रिभुवन आर्मी क्लबका जंगबहादुर सारुले रजत तथा कैलालीका योगेन्द्र विष्टले कास्य हात पारे ।
७३ केजीमुनीतर्फ एपीएफका प्रमोद मण्डलले पहिलो भए । पुलिसका संजित डंगोल दोस्रो तथा पुलिसकै सुदेश धोङ तेस्रो भए ।
६० केजीमुनीतर्फ पुलिसका उमेश मगरले स्वर्ण हात पारे भने पामका सुवोध मण्डल र प्रविण कुमार दियालीले क्रमशः रजत र कास्य जिते ।
महिलाको ४८ केजीमुनीमा पुलिसकी सोनिया भट्टले स्वर्ण, पामकी निशा श्रेष्ठले रजत तथा पीजीओकी सुनिता मगरले कास्य जिते । ५७ केजीमुनीमा पुलिसकी मनिता श्रेष्ठ प्रधान पहिलो, आर्मीकी सिमा कुमारी चिडी दोस्रो तथा एपीएफकी सुनिता थिङ तेस्रो भए ।
७० वर्षमुनीतर्फ आर्मीकी पुनम श्रेष्ठले स्वर्ण हात पार्दा पुलिसकी निशा चौधरीले रजत जितिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया