खेलकुद

बागमती गोल्डकपको उपाधि थ्रीस्टारलाई

इकागज |
चैत २३, २०७७ सोमबार १९:५८ बजे

तस्बिर : थ्रीस्टार क्लबको फेसबुकबाट ।

हेटौंडा : बागमती गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । जितसँगै थ्रीस्टारले नगद ८ लाख रुपैयाँ पुरस्कार हात पार्‍यो भने उपविजेता बनेको अफ्रिकन टिमले नगद ४ लाख रुपैयाँमा चित्त बुझाएको छ । 

सोमबार मकवानपुरको बागमती गाउँपालिकामा भएको फाइनल खेलमा थ्रीस्टारले अफ्रिकन टिमलाई ३-२ गोलअन्तरले हराएको हो  । पहिलो हाफमा अफ्रिकन रुट्स एसोसिएसनले २-० को अग्रता कायमै गरेपनि दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा हार बेहोर्नु पर्‍यो ।


खेलको दोस्रो हाफमा थ्रीस्टारका मनिष डाँगी, निशाान खड्काले एक/एक गोल गरेका थिए भने रुपेश केसीले पेनाल्टीमा एक गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच थ्रीस्टारका निशान खड्का घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे ।
  
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका रुपेश केसी घोषित हुँदै ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । चैत्र १३ गतेबाट सुरु भएको बागमती गोल्डकपमा १० टिमले सहभागिता जनाएका थिए । 


Author

थप समाचार
x