खेलकुद

क्रिष्टल प्यालेससँग बराबरीमा रोकियो एभरटन

वेष्ट ह्यामले वुल्भ्सलाई हरायो

इकागज |
चैत २४, २०७७ मंगलबार ५:५९ बजे

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा एभरटन क्रिष्टल प्यालेससँग बराबरीमा रोकिएको छ । सोमबार राती भएको खेलमा एभरटन प्यालेससँग एक-एक गोलको बराबरीमा रोकिएको हो । जेम्स रोड्रिग्वेजले खेलको दोस्रो हाफमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

५६ औँ मिनेटमा कोलेम्यानको पासमा रोड्रिग्वेजले गोल गरे । तर ८६ औँ मिनेटमा बात्स्यायुले गोल फर्काए । उनको बराबरी गोलपछि थप गोल हुन सकेन । बराबरीले एभर्टन ४७ अंकसहित आठौँ स्थानमा छ । प्यालेस भने ३८ अंकसहित १२ औँ स्थानमा छ ।


अर्को खेलमा वेष्ट ह्यामले वुल्भ्सलाई हराएको छ । सोमबार राती नै भएको खेलमा वेष्ट ह्यामले वुल्भ्सलाई ३-२ गोल अन्तरले हराएको हो ।


Author

थप समाचार
x