खेलकुद

२०२३ को अष्ट्रेलियन ओपन खेल्नेमा जोकोभिच विश्वस्त

इकागज |
असार २८, २०७९ मंगलबार ११:८ बजे

काठमाडौँ – सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले आगामी वर्षको अष्ट्रेलियन ओपन खेल्ने विश्वास व्यक्त गरेका छन् । कोभिड-१९ विरुद्धको खोप नलगाएका कारण सन् २०२२ को अष्ट्रेलियन ओपन खेल्न पुगेका जोकोभिचलाई अष्ट्रेलियन सरकारले ‘डिपोर्ट’ गरेको थियो ।

तर जोकोभिचले सर्वियाको सरकारी टेलिभिजन आरटीएसलाई दिएको अन्तर्वार्ताका क्रममा आफूले सन् २०२३ को अष्ट्रेलियन ओपन खेल्ने विश्वास व्यक्त गरेको रोयटर्सले जनाएको छ ।


सन् २०२१ मा जोकोभिचले अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितेका थिए । तर सन् २०२२ मा उनले अष्ट्रेलियन ओपन खेल्ने पाएनन भने फ्रेन्च ओपनको क्वार्टरफाइनलमा विजेता राफायल नाडालसँग पराजित भए । तर उनले विम्बल्डनको उपाधि भने जित्न सफल भए ।

तर २१ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले भने युएस ओपन खेल्नका लागि अमेरिका प्रवेशका लागि कोभिडविरुद्धको खोप लगाउनु पर्नेछ । जोकोभिचले भने खेल्न नपाएपनि खोप नलगाउने अडानमा छन् ।


Author

थप समाचार
x