खेलकुद

रुसी खेलाडीले पेरिस ओलम्पिक खेल्न नपाउने सम्भावना

इकागज |
असार २८, २०७९ मंगलबार १६:५६ बजे

काठमाडौँ – फ्रान्सको पेरिसमा सन् २०२४ मा हुने ओलम्पिक गेम्समा रुस र बेलारुसका खेलाडीले सहभागिता जनाउन नपाउने सम्भावना बढेको छ ।

इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) का सदस्य क्रेग रिडीले युक्रेनमाथि रुसले गरेको आक्रमण तथा बेलारुसले गरेको समर्थनका कारण दुबै देशका खेलाडीले ओलम्पिकमा सहभागिता जनाउन नपाउने सम्भावना रहेको बताए । 


रोयटर्सका अनुसार गत फेब्रुअरीमा आईओसीले दुबै देशका खेलाडीले ओलम्पिकमा सहभागिता जनाउन नपाउने निर्देशिका जारि गरेको थियो । 

रिडीले दुबै देशको बारेमा चाडै निर्णय लिइने तथा उक्त देशका खेलाडी ओलम्पिकका लागि छनोट नहुने आफ्नो अनुमान रहेको बताए । 

यसअघि गत मे महिनामा आईओसीका अध्यक्ष थोमस बाचले रुसी खेलाडीको सहभागिता अनिश्चित रहेको बताएका थिए । 
 


Author

थप समाचार
x