खेलकुद

फुटबलर एन्जिला लि निङको ब्रान्ड एम्बेस्डर

इकागज |
असार ३१, २०७९ शुक्रबार १८:२१ बजे

काठमाडौं- नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी  गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बालाई खेल पोसाक बिक्री कम्पनी लि निङले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । 

ललितपुरको एक रेस्टुरेन्टमा भएको सम्झौतामा लि निङले दुई वर्षको लागि गोलरक्षक एन्जिलासँग जोडेको हो ।  सम्झौतामा एपीएफ फुटबल क्लबकी गोलरक्षक समेत रहेकी एन्जिला र लि निङका सिईओ राज महर्जनले हस्ताक्षर गरे । 


सम्झौतासँगै एन्जिलाले पहिलो वर्ष ट्रयाक सेट पाँच थान, टिसर्ट पाँच थान , जुत्ता पाँच थान र मोजा पाँच थान  प्राप्त गर्नेछिन् ।

एन्जिलाले यस अवसरमा आफू खुसी भएको र यो सहयोगले झनै खेल्न हौसला हुने बताइन् । 

'अवसर पाउँदा खुसी छु । सहयोग पाउँदा धेरै सहज हुन्छ । मलाई मात्रै हैन अन्य खेलाडीलाई समेत सहयोग गर्दिनुहोला । अन्य कम्पनीले पनि अन्य खेलाडीलाई साथ दिनेछन् भन्ने आशा गरेको छु,' एन्जिलाले भनिन् । 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य सरिला श्रेष्ठ, पूर्व उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा महिला विभाग प्रमुख हरि खड्का लगायतको उपस्थित थियो  ।


Author

थप समाचार
x