खेलकुद

आमा बनिन् पूर्व टेनिस खेलाडी सारापोभा

इकागज |
असार ३२, २०७९ शनिबार १५:९ बजे

काठमाडौँ – पाँच पटककी ग्रान्ड स्लाम विजेता पूर्व टेनिस खेलाडी मारिया सारापोभा आमा बनेकी छन् । पूर्व विश्व नम्बर एक रुसी खेलाडी सारापोभाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू छोराको आमा बनेकी जनाएकी हुन् ।

३५ वर्षीया सारापोभाले रोमन अंकमार्फत छोरा थियोडोरेको जन्म जुलाई १ तारिखमा भएको जानकारी गराएकी छन् । सारापोभाले ३५ औँ जन्मदिनमा आफू आमा बन्न लागेको जानकारी गराएकी थिइन् ।  


सारापोभाले सन् २०२० मा व्यावसायीक टेनिस खेलबाट सन्न्यास लिएकी थिइन् । उनले दुई पटक फ्रेन्च ओपन तथा एक-एक पटक अष्ट्रेलियन ओपन, विम्बल्डन तथा युएस ओपन जितेकी छन् ।
 


Author

थप समाचार
x