खेलकुद

विश्व च्याम्पियनसीपः १०० मिटर दौडमा अमेरिकाको कीर्तिमान

इकागज |
साउन १, २०७९ आइतबार १२:३७ बजे

काठमाडौँ – अमेरिकी धावक फ्रेड केर्लीले अमेरिकामा जारी विश्व च्याम्पियनसीप अन्तर्गत १०० मिटर दौडमा स्वर्ण पदक हात पारेका छन् । ओलम्पिकका रजत पदक विजेता २७ वर्षीय केर्लीले निर्धारित दूरी ९.८६ सेकेन्डमा पुरा गरी स्वर्ण हात पारेका हुन् ।

पुरुषको १०० मिटर दौडमा अमेरिकाले क्लिनस्विप गरेको हो । अमेरिकाकै मार्भिन ब्रेसीले रजत तथा ट्रायभोन ब्रोमेलीले कास्य हात पारे ।


सन् १९९१ मा अमेरिकाका धावकले जितेपछि अहिलेसम्म कुनै पनि एकै देशका खेलाडीहरुले १०० मिटर दौडमा तीनवटै पटक हात पारेको पहिलो पटक हो । ३१ वर्ष अगाडी सन् १९९१ मा जापानमा भएको च्याम्पियनसीपमा अमेरिकाका कार्ल लेविस, लेरोय बुरेल र डेनिस मिचेलले तीनवटै पदक जितेका थिए ।

गत शुक्रबार हिट राउन्डमा विश्व च्याम्पियनसीपकै सर्वाधिक कम समयमा १०० मिटर दूरी पुरा गर्ने कीर्तिमान कायम गरेका थिए । उनले उक्त दूरी ९.७९ सेकेन्डमा पूरा गरेका थिए ।

च्याम्पियनसीप अन्तर्गतको महिलाको १० हजार मिटर दौड इथियोपियाकी लेटेसेनवेट गिडेले जितिन् । उनले उक्त दूरी ३० मिनेट र ९.९४ सेकेन्डमा पुरा गरिन् । केन्याकी हेलेन ओविरीले ३० मिनेट र १०.०२ सेकेन्डमा रजत र मार्गारेट किपकेम्बोईले ३० मिनेट र १०.०७ सेकेन्डमा कास्य हात पारिन् ।


Author

थप समाचार
x