खेलकुद

च्याम्पियन्स लिगको पहिलो लेगमा रियल र सिटी विजयी

इकागज |
चैत २५, २०७७ बुधबार ५:५२ बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगको खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । मंगलबार राती भएको खेलमा म्याड्रिड र सिटी विजयी भएका हुन् ।

म्याड्रिडले लिभरपुललाई ३-१ गोलले हराएको हो । रियललाई जिताउन भिन्सियस जुनियरले दुई तथा मार्को असिन्सियोले एक गोल गरे । लिभरपुलका मोहम्मद सलाहले एक गोल गरे । यस्तै सिटीले बोरुसिया डर्टमन्डलाई २-१ गोलले हरायो ।


सिटीलाई जिताउन केभिन डी ब्रुएनी र फिल फोडेनले गोल गरे । डर्टमन्डका लागि मार्को रिउसले गोल गरे । दुवै टिमले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन् । 


Author

थप समाचार
x