खेलकुद

एकदिवसीय श्रृंखला भारतलाई

इकागज |
साउन २, २०७९ सोमबार ६:११ बजे

काठमाडौ - भारतले घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा भारत ५ विकेटले विजयी भएको हो  ।

इंग्ल्यान्डले दिएको २६० रनको लक्ष्य भारतले ४२ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा ऋषव पन्तले सर्वाधिक १२५ रन बनाए । इंग्ल्यान्डका रीच टोप्लेले ३ विकेट लिए ।


यसअघि म्यानचेस्टरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४५ ओभर ५ बलमासबै विकेट गुमाउदै २५९ रन बनायो ।

इंग्ल्यान्डकाजोस बट्लरले सर्वाधिक ६० रन बनाए । भारतका हार्दिक पाण्डयले ४ विकेट लिए ।


Author

थप समाचार
x