जोकोभिचलाई युएस ओपन खेल्न दिन माग
काठमाडौँ - सर्वियाका टेनिस खेलाडी नोभाक जोकोभिचलाई युएस ओपन टेनिस खेल्न दिनका लागि करिब १२ हजार मानिसले अनलाइनमार्फत माग गरेका छन् । जोकोभिचले कोभिडविरुद्धको खोप नलगाउने भएपछि उनले युएस ओपन पनि गुमाउने सम्भावना बढेको छ ।
अमेरिकाको यात्रा गर्ने विदेशी नागरिकले अनिवार्य खोप लगाउनु पर्ने प्रावधान रहेको छ । तर करिब १२ हजार मानिसले 'अनलाइन पेटिसन साइन' गर्दै अमेरिकी टेनिस एसोसिएसनलाई सरकारसँग छलफल गरेर जोकोभिचलाई युएस ओपनमा सहभागीता गराउनुपर्ने माग गरेको रोयटर्सले जनाएको छ ।
२१ पटकका ग्रान्ड स्लाम विजेता जोकोभिचले खोप नलगाएका कारण अष्ट्रेलियन ओपन गुमाएका थिए । तर उनले फ्रेन्च ओपन तथा विम्बल्डन भने खेलेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया