नवौँ राष्ट्रिय खेलकुदः पौडी र सुटिङ काठमाडौँमै हुने
काठमाडौँ- गण्डकी प्रदेशमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतका पौडी र सुटिङ प्रतियोगिता काठमाडौँमा हुने सम्भावना देखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा आयोजना गर्दैछ । तर पूर्वाधार अभावका कारण पौडी र सुटिङका खेलहरू काठमाडौँमा हुने सम्भावना देखिएकाे हाे ।
कार्यकारी संयोजकको बैठकपछि आयोजना भएको पत्रकार सम्मेलनमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले पौडी र सुटिङका खेलहरू गण्डकी प्रदेशमा हुने सम्भावना नरहेको तथा ती दुबै खेल काठमाडौँमै हुने सम्भावना रहेको बताए । तर नवौँ राष्ट्रिय खेलकुदमा सहभागी ३६ खेलका खेल स्थल साउन तेस्रो साता टुंगो लाग्ने उनले बताए ।
यसैबीच कार्य समितिको बैठकले राष्ट्रिय खेलकुदका लागि १४ मध्ये १२ उपसमितिहरू गठन गर्नुका साथै संयोजक र सचिवको टुंगो लगाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया