खेलकुद

फिलिप्पे कौउटिन्होले आउँदो कोपा अमेरिका गुमाउने

इकागज |
चैत २५, २०७७ बुधबार १७:४३ बजे

काठमाडौँ: फिलिप्पे कौउटिन्होले आउँदो कोपा अमेरिका गुमाउने भएका छन् । भर्खरै घुँडाको शल्यक्रिया गराएका ब्राजिलियन मिडफिल्डर कौउटिन्हो आउँदो १३ जुनबाट सुरु हुने कोपामा सहभागी हुन नसक्ने बताइएको हो । कोपा २०२१ अर्जेन्टिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

कौउटिन्होको शल्यक्रियामा संलग्‍न ब्राजिलकै चिकित्सक रोड्रिगो लास्मरले स्थानिय ग्लोबोएस्पोर्टेसँग कुरा गर्दै बार्सिलोनाका मिडफिल्डर केही महिना मैदान बाहिर रहने बताएका हुन् ।


‘कौउटिन्हो आउँदो कोपा अमेरिकाका लागि उपलब्ध हुने छैनन् । उनको बार्सिलोनामा पहिल्यै दुईपटक शल्यक्रिया गरिसकिएको थियो । तर फेरि पनि शल्यक्रियाको आवश्यकता पर्‍यो । जसका कारण उनले यो सिजन बार्सिलोनाका लागि खेल्ने छैनन् भने कोपा खेल्ने ब्राजिलियन टिममा पनि उनी रहने छैनन्,’ लास्मरले भने ।

शल्यक्रिया पछि कौउटिन्हो केही महिनाका लागि मैदान बाहिर रहनेछन् । यद्यपि उनी कहिले मैदान फर्कनेछन् भन्‍‍ने टुङ्गो छैन । 


Author

थप समाचार
x