खेलकुद

च्याम्पियन्स लिग

पीएसजीले बायर्नलाई हरायो, पोर्टोमाथि चेल्सीको जित

इकागज |
चैत २६, २०७७ बिहिवार ६:२१ बजे

काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा पीएसजीले बायर्न म्युनिखलाई उसकै मैदानमा हराएको छ । बुधबार राती भएको खेलमा पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ गोलले हराएको हो ।

पीएसजीको जितमा किलिएन एम्बाप्पेले दुई तथा मर्कुइनोसले एक गोल गरे । बायर्नका लागि मोटिस र मुलरले एक एक गोल गरे । जितसँगै पीएसजीले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । 


अब घरेलु मैदानमा पीएसजीले बराबरी खेले पुग्नेछ । गएको सिजनमा फाइनल पुगेर पनि उपविजेता बनेको पीएसजीले उपाधि गुमाउँदाको बदला समेत लिएको छ । यसअघि अन्तिम १६ मा पनि पीएसजीले बार्सिलोना जस्तो बलियो टिमलाई हराएर क्वाटरफाइनल पुगेको थियो । अब बराबरी मात्रै खेल्न सके पीएसजी सजिलै फाइनल पुग्नेछ । 

यस्तै गएराती भएको अर्को खेलमा चेल्सीले पोर्टोलाई २-० गोलले हराएको छ । चेल्सीलाई जिताउन मेसुन माउन्ट र बेन चिलवालले गोल गरे । चेल्सीले पनि च्याम्पियन्स लिगको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।


Author

थप समाचार
x