खेलकुद

भारतको ओलम्पिक संघ प्रतिबन्धको संघारमा

इकागज |
साउन ७, २०७९ शनिबार १४:५८ बजे

काठमाडौँ- इन्टरनेसनल ओलम्पिक कमिटी (आईओसी) ले भारतको ओलम्पिक संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । आईओसीले आगामी केही हप्ताभित्र निर्वाचन नगरे भारतको ओलम्पिक संघमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएको रोयटर्सले जनाएको छ ।  

भारतीय ओलम्पिक संघको निर्चवान गत डिसेम्बरमै हुनुपर्ने थियो तर भारतको राष्ट्रिय खेलकुद संहिताले तोकेको नियम अनुसार यसको संविधान परिवर्तन गर्न खोज्ने विषय अदालतमा हुँदा निर्वाचन हुन सकेको छैन ।


तर आईओसी तथा ओलम्पिक काउन्सिल अफ एसियाको कार्यकारी परिषदले पठाएको पत्रमा संघको गतिविधिलाई चासोका साथ हेरिरहेको उल्लेख गरेको छ । आईओसीले चाडो भन्दा चाडो समस्या समाधान गर्दै निर्वाचनको मिति तोक्न चेतावनी दिएको छ । 

पत्रमा आगामी केही हप्ताभित्र निर्वाचन नभए संघमाथि प्रतिबन्धबाहेक अन्य कुनै विकल्प नरहने जनाइएको छ । 

निलम्बनमा परे भारतले आईओसीबाट प्राप्त गर्ने रकममा कटौती हुनुका साथै भारतीय अधिकारीहरूलाई ओलम्पिक बैठकहरूमा भाग लिन पाउने छैनन । त्यससँगै भारतका खेलाडीहरूलाई ओलम्पिकमा भारतको झण्डामुनि प्रतिस्पर्धा गर्न रोक लगाइने छ । 

यसअघि सन् २०१२ मा पनि भारतको ओलम्पिक संघमाथि प्रतिबन्ध लगाइएको थियो र दुई वर्षपछि सन् २०१४ मा मात्र उक्त प्रतिवन्ध फुकुवा भएको थियो । 
 


Author

थप समाचार
x