खेलकुद

पोल भाउल्ट, हर्डल्समा विश्व कीर्तिमान कायम

इकागज |
साउन ९, २०७९ सोमबार ११:३८ बजे

काठमाडौँ – स्विडेनका अर्मान्ड डुपलान्टिसले पोल भाउल्टमा विश्व कीर्तिमान कायम गरेका छन् । अमेरिकामा जारी विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत डुपलान्टिसले ६.२१ मिटरको उचाइमा जम्प गर्दै आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोडेका हुन् ।

यसअघि २२ वर्षीय डुपलान्टिसले मार्चमा वेलग्रेडमा भएको प्रतियोगितामा ६.२० मिटर जम्प गरेका थिए । डुपलान्टिसले लगातार पाँचौ पटक विश्व कीर्तिमान भंग गरेका हुन् ।


यसअघि सन् १९९४ मा सर्जी बुब्काले इटालीमा ६.१४ मिटरको जम्प गर्दै आउटडोर इभेन्टमा कीर्तिमान कायम गरेका थिए ।

यसअघि सोमबार नै नाइजेरियाकी टोबी अमुसानले १०० मिटर हर्डल्समा विश्व कीर्तिमान कायम गरेकी थिइन् । २५ वर्षीय अमुसानले १२.१२ सेकेन्डमा निर्धारित दूरी पुरा गर्दै कीर्तिमान कायम गरेकी हुन् ।

यसअघि अमेरिकाकी केन्द्रा हारिसनले सन् २०१६ मा १२.२० सेकेन्डमा दूरी पुरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।


Author

थप समाचार
x