खेलकुद

पोग्वाको घुँडामा चोट

इकागज |
साउन १०, २०७९ मंगलबार ७:१४ बजे

काठमाडौँ- यसै समरमा इटालीयन क्लब युभेन्ट्स अनुबन्ध भएका स्टार मिडफिल्डर पाउल पोग्वाले चोट बोकेका छन् ।

स्पेनिस महारथी बार्सिलोनाविरुद्ध प्री सिजन मैत्रीपूर्ण खेल अघि पोग्वाले घुडाको चोट बोकेका हुन् । बार्सिलोनाले डल्लासमा युभेन्ट्ससँग खेल्ने तालिका छ । चोटसँगै पोग्वा टिम बाहिर छन् । 


२९ वर्षीय पोग्वा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सम्झौता सकिएसँगै युभेन्ट्समा पुनः अनुबन्ध भएका हुन् ।

दायाँ घुँडाको चोट बोकेका पोग्वाले अघिल्लो खेलमा मेक्सिकन क्लब चिभास गुअडालाजारासँग २-० को जित निकाल्ने क्रममा मैदानमा उपलब्ध भएका थिए ।


Author

थप समाचार
x