खेलकुद

आठौं संस्करणको नेपालगन्ज म्याराथन मंसिरमा

इकागज |
साउन १६, २०७९ सोमबार १६:३३ बजे

काठमाडौँ- नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि  साउन १५ गते देखि खेलाडी दर्ता खुला गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस वर्ष पनि विभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिनेछन् ।


पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन(२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

केही विधातर्फ नगद पुरस्कार राशिमा वृद्धि गरिने तथा केही सरप्राइज प्याकेज पनि घोषणा गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।


Author

थप समाचार
x