एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुन नेपाली टोलीको बिदाई
काठमाडौं–इन्डोनेसियामा आयोजना हुने एसिया रग्वी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरे ।
इन्डोनेसियाको जाकार्तामा अगष्ट ६ र ७ मा हुने प्रतियोगिताका लागि नेपाल रग्वी संघको १२ सदस्यीय राष्ट्रिय महिला टोली तथा ६ जना अफिसियलहरु त्यसतर्फ जानेछन् । नेपाली टोलीको टिम क्याप्टेन एलिसा थापा रहेकी छिन् । बिदाई कार्यक्रममा राखेप सदस्य सचिव घिसिङले उच्च मनोवलका साथ उत्कृष्ट प्रदर्शन गर्न निर्देशन दिए ।
प्रतियोगितामा नेपालका साथै भारत, इन्डोनेसिया, सिंगापुर, युएई, मंगोलिया र गुवाम देशका महिला खेलाडीहरुले भाग लिनेछन् । प्रतियोगिता राउण्ड रोविन आधारमा खेलाइने रग्वी संघले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया