खेलकुद

मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिन्छ : खेलकुदमन्त्री

इकागज |
साउन २१, २०७९ शनिबार १५:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेश सभा र प्रतिनिधि सभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्‍नु पर्ने बताएका छन् ।

मन्त्री गहतराजले मुलुकमा विद्यमान बेरोजगारी समस्या, गरिबी, अभाव र अनिकालका समस्याहरु समाधानका लागि प्रदेश सभा र प्रतिनिधि सभाबाट आउने नयाँ जनप्रतिनिधिहरुले प्रयास गर्नुपर्ने बताएका हुन् । राष्ट्रिय युवा परिषदले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरुलाई निराश नहुन पनि पटकपटक आग्रह गरे ।


पर्यटन र ठूला उद्योगधन्दा, कलकारखानाको स्थापना गरेर पनि मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधान गर्न सकिने मन्त्री गहतराजको भनाइ थियो ।

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरुको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढने गरी सरकारले आवश्यक गुरूयोजना तय गरेर अघि बढने आश्वासन समेत दिए ।


Author

थप समाचार
x