अनुपयुक्त यौन आचरणको आरोपमा प्रशिक्षक टोनीलाई आजीवन प्रतिबन्ध
काठमाडौँ- युके एथलेटिक्सले टोनी मिनिचिएलोलाई एथलेटिक्सको प्रशिक्षण गर्नबाट आजीवन प्रतिबन्ध लगाएको छ । अनुपयुक्त यौन आचरणका कारण टोनीलाई प्रशिक्षण गर्नबाट आजीवन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
एक स्वतन्त्र समूहद्वारा ५६ वर्षीय टोनीले ११ गम्भीर अपराध गरेको फेला पारेको थियो । टोनीविरुद्ध महिला एथलेटिक्स खेलाडीहरुबाट कैयौँ उजुरी परेको थियो । अन्य कैयौँ आरोपहरु भने प्रमाणित भएन ।
एक स्वतन्त्र प्यानलले टोनीको कार्यकालमा उनको व्यवहारका कारण खेलाडीहरुको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेको फेला पारेको थियो ।
उक्त प्यानलका अनुसार टोनीले खेलाडीहरुको यौन गतिविधिको नक्कल गरेको, अनुपयुक्त र अनावश्यक रूपमा छोएको तथा उनीहरूको व्यक्तिगत जीवनको बारेमा हस्तक्षेपकारी सोधपुछ र अपमानजनक टिप्पणीहरू पनि गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया