खेलकुद

बार्सिलोनालाई हराउँदै शीर्ष स्थानमा रियल म्याड्रिड

इकागज |
चैत २९, २०७७ आइतबार ६:२९ बजे

काठमाडौँ : स्पेनिस ला लिगा फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको एल क्लासिकोमा बार्सिलोनालाई २-१ गोलले हराउँदै रियल म्याड्रिड विजयी भएको हो ।

रियललाई जित दिलाउन करिम बेन्जेमा र टोनी क्रुजले गोल गरे । बार्सिलोनाका ओस्कार मिंगुएजाले एक गोल फर्काए । कासिमेरोले ९० औँ मिनेटमा रातो कार्ड खाएर मैदान छाडेपछि अन्तिम समय रियल १० खेलाडीमा सिमित भएको थियो ।


जितसँगै रियल ३० खेलबाट ६६ अंकसहित ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलको एथ्लेटिको म्याड्रिडको समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । ६५ अंक जोडेको बार्सिलोना भने तेस्रो स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा कार्डिजले गेटाफेलाई १-०, लेभान्टेले एइबरलाई १-० गोलले हराउँदा एथ्लेटिको बिल्बाओ र अलाभेसले गोलरहित बराबरी खेलेका छन् ।


Author

थप समाचार
x