अफगानिस्तानविरुद्ध आयरल्यान्डको दोस्रो जित
काठमाडौं - आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको छ । १२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो ।
आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनायो ।
अफगानिस्तानका हशमतुल्लाह शाहिदीले सर्वाधिक ३६ रन बनाए । जितसँगै पाँच टी २० खेलको शृंखलामा आयरल्यान्डले २-० को अग्रता बनाएको छ । अघिल्लो खेलमा आयरल्यान्डले ७ विकेटको जित निकालेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया