राष्ट्रिय खेलकुदको सचिवालय औपचारिक रूपमा शुभारम्भ
काठमाडौँ- पोखरामा रहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको सचिवालय औपचारिक रूपमा शुभारम्भ गरिएको छ । सचिवालय आइतबारदेखि औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गजहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द नेपाली पोखरेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले संयुक्त रुपमा रिवन काटेर सचिवालयको औपचारिक सुभारम्भ गरेका हुन् ।
नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म संचालन हुने तालिका रहेको छ । जसमा दुई प्रदर्शनीसहित ३८ खेल समावेश गरिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया