नेकपा (बहुमत) ले कारबाही गर्न लगाइएका आरोपहरू प्रमाणित गर्न सिंहकाे चुनौती
कैलाली- सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकबहादुर सिंहको विषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारबाही गर्ने भन्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरू लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै उक्त आरोपको खण्डन गरेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहद्वारा प्रेषित विज्ञप्तीमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले कारबाही गर्न लगाइएका आरोपहरू प्रमाणित गर्न चुनौती समेत दिएका छन् ।
राम्रो काम गरिरहेको खेलकुद परिषदलाई काम गर्ने वातावरण नदिन र खेलकुदलाई निरुत्साहित पार्न सञ्चार माध्यमको प्रयोग गरी भ्रम सिर्जना गर्न खोजिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
परिषदले नीति नियम अनुसार काम गरिरहेको र त्यसको सम्बन्धित निकायबाट परीक्षण समेत भैरहेको अवस्थामा अति रन्जित रूपमा फैलाइएका निराधार र तथ्यहीन भ्रममा नपर्न परिषदले सबैलाई आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया