पोखरामा उद्घाटन भयो नवौं राष्ट्रिय खेलकुदको सचिवालय
पोखरा- पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि सचिवालय उद्घाटन गरिएको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा बनाइएको नवौँ राष्ट्रिय खेलकुद २०७९ कार्यकारी समिति सचिवालयको उद्घाटन गरिएको हो ।
नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रूपमा सचिवालयको उद्घाटन गरेका थिए । प्रतियोगिता सुरु हुन अब ५२ दिन मात्र बाँकी छ ।
३६ खेल समावेश हुने गरी गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तीनै तहको साथ, सहयोग र सहभागिता रहेको सन्देश दिनका लागि तीनै तहको प्रमुखहरुको उपस्थिति रहेको थियो ।
खेलकुदमन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार र स्थानीय सरकारले आर्थिक व्यवस्थापनको विषयमा चिन्ता लिन नपर्ने बताए । ‘केन्द्र सरकारको मुख्य जिम्मेवारी भए पनि जहाँ खेल हुन्छ त्यही क्षेत्रले सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण भूमिका भएकोले गण्डकी प्रदेश र पोखरा महानगरपालिका नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन लाग्नु पर्छ,’ उनले भने ।
सचिवालयबाट सम्पूर्ण गतिविधि हुने भएकोले मन्त्री गहतराजले हरेक दिन आउने सुझावलाई आत्मसाथ गर्ने मन्त्री गहतराजले बताए । सचिवालयमा आएका सुझाव कार्यान्वयनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई आवश्यक जानकारी गराउन संघ र मातहतका कर्मचारीलाई निर्देशन समेत दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया