सगरमाथा आरोही कल्पनाले गराइन् 'तीज अन द वाल'
काठमाडौँ- सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले काठमाडौंमा महिलालाई आइतबार क्लाइम्विंग गराएकी छिन् । राजधानीको धुम्बाराहीमा रहेको पासाङ ल्हामु स्पोर्टस् क्लाइम्विंगमा कल्पनाले क्लाइम्विंग अभ्यास गराएकी हुन् ।
संस्कृति र साहस सँगसँगै भन्ने नाराका साथ एक हप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्विंग गराइएको हो । महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्विंगमा क्लाइम्विंग गरेका थिए । यस क्रममा कोही महिला टुप्पोसम्म पुग्न सफल भए भने कोही असफल ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एक हप्ते तीज अन दी वाल सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाइम्विंग अभ्यास गराउने कार्यक्रम तय गरिएको छ ।
माउन्टेन एडभेन्चर स्पोर्टस् एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमको पहिलो दिन प्रि स्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरू सहभागी थिए । राजधानीका विभिन्न प्रि स्कुलका महिला प्रिन्सिपलले क्लाइम्विंग गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया